Techie IT
Samayabaddha
शुक्रबार, २७ चैत्र, २०८२

तीनकुनेमा राजावादीहरुबाट लुटिएको बन्दुक अझै फेला परेन


काठमाडौं, १७ चैत । काठमाडौंको तीनकुनेमा लुटिएको सशस्त्र प्रहरी बलको बन्दुक अझै फेला पर्न सकेको छैन।

सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डिआइजी कुमार न्यौपानेका अनुसार बन्दुक अझै फेला पर्न नसकेको हो। प्रहरीले सशस्त्र प्रहरीबाट बन्दुक लुट्ने व्यक्तिलाई पक्राउ गरिसकेको छ।

‘प्रहरीले ती व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। तर बन्दुक फेला परेको छैन। उनीमाथि सोधपुछ गरेर खुल्न सक्छ,’ उनले भने।प्रहरीले ती व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ।

दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट