पाथीभरा जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु

ताप्लेजुङ । पाथीभरा दर्शनका लागि जाँदै गरेको एक बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–१० स्थित सडक खण्डमा यो दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बिजुलीको तार झरेर मे १ ज ३०११ गाडीमा आगो लागेको थियो । घटनामा दुई जना घाइते रहेका छन् । उनीहरुलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया