आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने

काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । यो क्रम भोलि शनिबारसम्म जारी रहने तथा आगामी आइतबारदेखि बदली भई तापक्रम घट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज काठमाडौं उपत्यकाको तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसका बिच रहने विभागको पूर्वानुमान छ । धनगढी र नेपालगञ्जमा ३९ देखि ४१ र भैरहवामा ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने देखिन्छ मौसमविद् बताउँछन् ।
आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया