Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार २०८२’ प्रदान


काठमाडौं, १७ वैशाख । नेपाली लेखक संघले आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार २०८२’ प्रदान गरेको छ । गौतमलाई एक लाख रुपैयाँ नगदसहित उक्त पुरस्कार प्रदान गरिएको हो ।

संघले प्रत्येक दुई वर्षमा राष्ट्रिय लेखक पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारका लागि संघलाई धन्यवाद दिँदै आख्यानकार गौतमले सम्पूर्ण लेखकले साहित्यलाई साधना मानेर काम गर्नुपर्ने बताए ।

उनले आफूले १० वर्षको उमेरदेखि लेख्न थालेको स्मरण गर्दै २० वर्षदेखि लेख प्रकाशन हुन थालेको बताए ।


क्याटेगोरी : समाचार, साहित्य

प्रतिक्रिया


ताजा अपडेट