रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत महिमान सिंह विष्ट नै पक्राउ

काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत हिमान सिंह विष्ट पक्राउ परेका छन् ।
शाखा अधिकृत विष्टलाई पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा लगिएको सर्वोच्च अदालतका एकजना अधिकृतले बताए ।
जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा रेशम प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि दुई पार्टीबीचको एकता नै भाँडिएको छ ।
यसैबीच सर्वोच्च अदालतले अनधिकृत रूपमा पत्राचार गर्ने शाखा अधिकृत महिमान सिंह विष्ट विरुद्ध कानुनी कारबाहीको प्रक्रिया सुरु गरेको जनाएको छ।
अदालतका अनुसार वैशाख १७ मा कारागार कार्यालय, डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अदालतको आधिकारिक स्वीकृति विना नै पठाइएको पुष्टि भएको छ। सो पत्रलाई अनधिकृत ठहर गर्दै सर्वोच्च अदालतले कारागार कार्यालयलाई पत्र कार्यान्वयन नगर्न स्पष्ट निर्देशन दिएको छ।
साथै, सो पत्र पठाउने सम्बन्धित अधिकृतलाई हालै प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको अदालतका प्रवक्ता तथा सह–रजिष्ट्रार अच्युत कुईंकेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया