शिक्षक र सरकारबिचको वार्ता सहमति नजिक

काठमाडौं । सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताए ।
‘मन्त्रिपरिषद्बाट हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।
वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।
‘वार्ता सकारात्मक भएको छ,’ उनले भने । मन्त्रालयमा २ बजेदेखि वार्ता जारी छ । मन्त्रिपरिषद् बैठक पनि आजै बोलाइएको छ ।
मंगलबार राति अबेरसम्म भएको वार्तामा शिक्षक महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो । जसमा विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, ग्रेड समायोजन,मर्यादा क्रम, अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था, निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता बनाउने, राहत शिक्षक र निजी विद्यालयका शिक्षकका विषयमा पनि मनित्रपरिषद्बाट निर्णय हुनुपर्ने माग शिक्षक महासंघको छ ।
योसँगै ऐन जारी गर्ने सुनिश्चताको माग पनि महासंघले गरेको छ । त्यसैले ऐन जारी गर्ने सुनिश्चितता जनाउन सत्तारुढ दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया