Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते


कैलाली, १८वैशख । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

जिल्लाको जानकी गाउँपालिका–३ स्थित वडा कार्यालयअगाडि से ५ प २६६० र सुपप्र ०१–०१२ प ८०७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा जानकी गाउँपालिका–८ बस्ने १९ वर्षीय राकेश परियारको मृत्यु भएको छ । उनको सेवा नर्सिङ होम नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी से ५ प २५६० नम्बरको मोटरसाइकलका चालक हुन् ।

अर्का मोटरसाइकल चालक ४५ वर्षीय पुष्कर शाही, मोटरसाइकल पछाडि सवार १३ वर्षीया प्रिन्सी शाही र १८ वर्षीय कमल रावल घाइते भएका छन् । घाइतेमध्ये पुष्कर शाहीको अवस्था गम्भीर रहेको र उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्य दुई घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।


क्याटेगोरी : पालिका, समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट