दैलेखमा चट्याङ्ग लागेर एक जनाको मृत्यु, तीन जना घाइते

दैलेख । दैलेखमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ३१ वर्षीय दशरथ शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।
हिजो बेलुका घरमै परेको चट्याङ्ग लागेर एकै परिवारका चार जना घाइते भएका र उपचारका लागि दैलेख अस्पताल ल्याउँदै गर्दा दशरथको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ्ग लागेर घाइते हुनुभएकी दशरथकी श्रीमती २७ वर्षीया विपना चन्द, ११ वर्षकी छोरी र तीन वर्षका छोराको दैलेख अस्पतालमा उपचार गरिएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया