Techie IT
Samayabaddha
सोमबार, २२ वैशाख, २०८२

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु


होलेरी (रोल्पा), २२ वैशाख । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । परिवर्तन गाँउपालिका ३ बागमारा बजार नजिकै ट्याक्टर दुर्घटना हुँदा घोराही उपमहानगरपालिका ४ कुइरेपानीका २७ वर्षका ट्याक्टरका चालक खिमबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुईखोलीबाट बालुवा लिएर परिवर्तन गाँउपालिका ४ भेरिखर्क तर्फ जाँदै गरेको लु.प. ०२०० त. ००८९ नम्बरको ट्याक्टर बागमारा बजार नजिकै दुर्घटना भएको हो । ट्याक्टरमा चालक मात्रै रहेका थिए । ट्याक्टर दुर्घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट