Techie IT
Samayabaddha
मंगलबार, २४ चैत्र, २०८२

पतञ्जलीको जग्गा विवादबारे अख्तियारले लियो माधव नेपालसँग ‘सुटुक्क’ बयान


काठमाडौं । पतञ्जलीको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सुटुक्क बयान लिएको छ।

अख्तियारले केही समय अघि उनको बयान लिएको स्रोतले बतायो। ‘केही समयअघि पताञ्जलीको जग्गा विवादबारे उहाँको बयान लिएको हो,’ स्रोतले भन्यो।

काभ्रेमा रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गालाई किनबेच गरेको भन्दै अख्तियारले अनुसन्धान गरिरहेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले पनि यसको अनुसन्धान गरिरहेको थियो। तर अख्तियारले अनुसन्धान गर्न थालेपछि दोहोरो अनुसन्धान हुने भन्दै सिआइबीले यसलाई रोकेको हो।

तत्कालीन समयमा २०६६ सालमा माधव नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा जग्गा खरिद गर्न स्वीकृति दिएको थियो। तर पछि हदबन्दी भन्दा बढी गएर कानुन विपरीत जग्गा बिक्री गरेको भन्दै अख्तियारले अनुसन्धान थालेको हो।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट