मकवानपुरको इन्द्रसरोवरमा कुखुरा बोकेको गाडी दुर्घटना, लाखौँ मूल्यका कुखुरा मरे

मकवानपुर, २३ वैशाख । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक कुखुरा बोकेको बोलेरो पिकअप गाडी दुर्घटना भएको छ ।
सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ च. ६७७ नम्बरको कुखुरा लोड गरेको बोलेरो पिकअप गाडी भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक मङ्गलबार दुर्घटना भएको हो । मानवीय क्षति नभए पनि लाखौं मूल्य पर्ने कुखुरा मरेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
कुखुरा लोड बोलेरो पिकअप गाडी उकालो चढ्न नसकी पछाडि सर्दा सडकको दाइने साइडको भित्तामा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा लोड भएको १२ क्विन्टल कुखुरामध्ये करिब सात क्विन्टल कुखुरा मरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार बोलेरो गाडीमा क्षतिभएको छ भने मानवीय क्षति भएको छैन ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया