Techie IT
Samayabaddha
मंगलबार, २३ वैशाख, २०८२

नागढुंगाबाट ब्राउन सुगरसहित एक जना पक्राउ


काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुगाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ब्राउन सुगर ५ ग्रामसहित इलामको इलाम नगरपालिका–६ बस्ने २४ वर्षीय विवेक गुरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र।–०३–००१ ख १३६४ नम्बरको बसमा सवार उनलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट