जीप भासिएको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन राेक्याे

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको गौरीगाउँमा जीप भासिएको ठाउँबारे अध्ययन गर्न गएको भूगर्भविद्को टोलीले काम रोकेको छ ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलीले हिजोदेखि स्थलगत अध्ययन शुरू गरेकोमा आज दिउँसो गाडी दबिएको ठाउँ वरपरका जमिन पनि भासिन थालेको भन्दै अध्ययन स्थगित गरेका हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।
तीन दिनसम्म प्रहरी र स्थानीयवासीले खोजी गर्दा जीप नभेटेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद्लाई बोलाएको थियो । जीप भासिएको ठाउँमा निकै ठूलो दलदल बनेको र वरपरसमेत भासिँदै तल खस्न थालेको भूगर्भविद्को भनाइ छ ।
टोलीले जीप दबिएको भनिएको ठाउँमा धातुजन्य वस्तु छ भन्ने यकिन गरेका छन् । उनीहरूले गाडी बेपत्ता भएको ठाउँमा धातु पत्ता लगाउने उपकरण जमिनभित्र पठाएर अध्ययन गरेका हुन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया