Techie IT
Samayabaddha
आईतबार, २८ वैशाख, २०८२

कोटेश्वर–तीनकुने खण्डमा बस, भ्यान र मोटरसाइकल आपसमा ठोक्किए, एक महिलाको अवस्था गम्भीर


काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक तीनवटा सवारी साधन ठोक्किएका छन् । एउटा बस, एउटा भ्यान र एउटा मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएकी एकजना महिलाको अवस्था चिन्ताजनक छ । उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिभिल अस्पताल पुर्‍याइएको छ ।

दुर्घटना आज बिहान करिब सवा ६ बजेतिर भएको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट