Techie IT
Samayabaddha
बिहीबार, २५ वैशाख, २०८२

नक्कली नोटसहित धादिङका रामकृष्ण अधिकारी हेटौँडाको रातमोटेमा पक्राउ


मकवानपुर, २५ वैशाख । हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट नेपाली पाँच सय दरका एक सय ८६ थान नक्कली नोटसहित कमाने बस्ने धादिङ गंगाजमुना गाउँपालिका २ रामकृष्ण अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले महोत्तरीबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३३ प ९९८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नक्कली नोट फेला पारी चालक अधिकारीलाई गएराती पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

 


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट