रवीन्द्र मिश्रलाई ५ दिन म्याद थपियो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ५ दिनको म्याद थप गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले मिश्रलाई थप ५ दिन हिरासतमा राख्नेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
त्यसैगरी आपराधिक उपद्रवको कसुरमा अनुसन्धान भएकाहरुलाई भने थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
उनलाई बिहीबार (आजै) म्याद थपका लागि अदालत लगिएको थियो ।
गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो ।
आज पुनः उनीमाथि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा चलाइएको छ ।
उक्त मुद्दा चलाइएको भन्दै मिश्रले आपत्ति जनाएका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया