Techie IT
Samayabaddha
बिहीबार, २५ वैशाख, २०८२

भारत र पाकिस्तानबिच बढ्दो तनावप्रति नेपालको गहिरो चिन्ता


काठमाडौं । भारत र पाकिस्तानबिच बढेको तनावमा नेपालले गहिरो चिन्ता व्यक्त गरेको छ ।

भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव बढेको भन्दै नेपालको परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अवस्थाको समाधान खोजिनुपर्ने बताएको हो ।

उक्त आक्रमणमा एक नेपाली नागरिक सुदिप न्यौपानेको मृत्यु भएको थियो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ – यस दुःखद समयमा नेपाल र भारत एकतामा उभिएर यो पीडामा एकताबद्ध हुनुपर्छ ।

साथै नेपालले सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडानलाई कायम राख्दै यो बर्बर आतंकवादी आक्रमणको तुरुन्तै र स्पष्ट रूपमा निन्दा गरेको पनि मन्त्रालयले स्मरण गराएको छ ।

‘आतंकवादविरुद्ध लडाईंमा नेपाल सबैको साथमा उभिने आफ्नो सैद्धान्तिक अडानअनुरूप कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्नो भूमि छिमेकी देशहरूविरुद्ध प्रयोग दिइने छैन’ विज्ञप्तिमा भनिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट