भारत पाकिस्तान युद्धको बाछिटा नेपालमा, सगरमाथा संवाद स्थगित हुने सम्भावना

काठमाडौं । भारत र पाकस्तानबीचको युद्धको कारण आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागिएको ‘सगरमाथा संवाद’ स्थगित हुने सम्भावना बढेको छ ।
मन्त्रीपरिषद्को बैठकले एक, दुई दिन भित्रै उक्त कार्यक्रम स्थगित गर्ने वा एक डेढ महिना पछाडिको लागि अर्को मिति तोक्ने बारेमा सरकारले आन्तरिक तयारी गरिरहेको सरकारी स्रोतले जानकारी दिएको छ ।
स्मरणरहोस् जलवायु परिवर्तनले पारेको विश्वव्यापी र क्षेत्रीय असरको बारेमा छलफल गर्दै समस्या समाधानको उपाय निकाल्ने भन्दै नेपालले सगरमाथा संवाद चार वर्षअघि नै आयोजना गर्न लागेको थियो ।
कार्यक्रममा युद्धरत भारत,पाकिस्तानसहित कम्तिमा एक दर्जन देशका उच्च पदस्त सरकारी अधिकारीहरु सहभागि हुने निश्चित भैसकेको थियो । तर, अहिले ती दुई देशबीचको लडाईको कारण ती देशबाट मात्र नभएर अन्य केही देशबाट पनि सहभागिता नहुने सम्भावना बढेपछि सगरमाथा सम्वाद कार्यक्रम स्थगित गर्ने तयारी गरिएको हो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया