सप्तरीमा महायज्ञको मुख्य मण्डपमै आगलागी

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको महायज्ञको मुख्य मण्डपमा आगलागी भएको छ । २१ वैशाखदेखि सुरु नौ दिवसीय महायज्ञको अन्तिम दिन सोमबार साँझ मुख्य मण्डपमा आगलागी भएको हो ।
आगलागीबाट मण्डपसहित त्यहाँ राखिएका लत्ताकपडा, पूजाका सामग्री समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मण्डपमाथि टाँगिएको बिजुलीको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगोलाई राजविराज नगरपालिकाको बारुणयन्त्रको मद्दतमा निभाइएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया