Techie IT
Samayabaddha
मंगलबार, ३० वैशाख, २०८२

सगरमाथा संवादमा ३५० जना विज्ञ सहभागी हुने


काठमाडौं, ३० वैशाख । सगरमाथा संवादमा ३५० स्वदेशी तथा विदेशी पाहुना तथा विज्ञ सहभागी हुने भएका छन् ।

१७५ जना विदेशी र १७५ जना स्वदेशी पाहुना तथा विज्ञ सहभागी हुने भएका हुन् । १२ वटा उच्चस्तरीय प्रतिनिधमण्डल सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

६१ विदेशी संस्था पनि सहभागी हुने परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताइन् । काठमाडौंमा जेठ २ देखि ४ गतेसम्म आयोजना हुने सगरमाथा संवाद कार्यक्रम हुँदै छ ।

सगरमाथा संवादको पहिलो संस्करणको थिम ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ रहेको छ । यस कार्यक्रमलाई अन्तर्राष्ट्रियस्तरमा नेपालको उपस्थितिका लागि एक महत्त्वपूर्ण प्लेटफर्मको रूपमा हेरिएको छ ।

जलवायु परिवर्तनबाट प्रभावित समुदाय, वैज्ञानिक, नीति निर्माता, पर्वतारोही, विश्वका नेताहरू एवं अन्तर्राष्ट्रिय संघसंगठनलाई छलफल र प्रतिबद्धताका लागि एकसाथ ल्याउने प्रयास नेपालले सगरमाथा संवादमार्फत गर्न लागेको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट