Techie IT
Samayabaddha
मंगलबार, ३० वैशाख, २०८२

बैंककबाट ल्याएको १० किलो गाँजासहित भारतीय नागरिक पक्राउ


काठमाडौं । थाइल्याण्डको बैंककबाट ल्याएको १० किलो १७० ग्राम लागु औषध गाँजासहित एक भारतीय युवक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक २५ वर्षीय अभिद्य पहुने छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको आगमन भन्सार एरियाबाट उनी पक्राउ परेका हुन् । थाई एयरवेजको उडानमार्फत उनै बैंककबाट काठमाडौं आएका थिए ।

उनको लगेजमा गाँजा भेटिएपछि नियन्त्रणमा लिएर प्रहरीले लागु औषध नियन्त्रण ब्यूरोको टोलीलाई बुझाएको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट