काठमाडौंको मखन टोलमा आगलागी

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिका– २४ स्थित मखन टोलमा आगलागी भएको छ । मखन टोलको महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।
आगलागी भएको घरमा रहेकाहरूको उद्धार गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
काठमाडौँ महानगर र ललितपुर महानगरकाको दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया