Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु


बझाङ । बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु भएको छ ।

बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

भिरालो खेत जोत्ने क्रममा ऐडी गोरुसहित खसेका थिए । मकै रोप्नका लागि खेत जोत्ने क्रममा उनी गोरुसहित करिब ५०० मिटर तल खोलामा खसेका थिए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा भिरालो जमिनमा काम गर्दै गर्दा धेरै स्थानीयले ज्यान गुमाउने गरेको अप्रिय घटना सार्वजनिक हुने गरेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट