Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

सोलुखुम्बुमा ४.६ म्याग्निच्यूडको भूकम्प


काठमाडौं। सोलुखुम्बुमा बुधबार साँझ ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा ४।६ म्याग्निच्यूडकोको धक्कका महसुस भएको हो ।

भूकम्पको केन्द्रबिन्दु सोलुखुम्बुको छेस्काम आसपास रहेको भूकम्पविद लोकविजय अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

भूकम्पको धक्का निरन्तर गइरहने भएकाले सबैजना सचेत हुनुपर्ने उनले बताए ।

यसअघि १४ वैशाखमा डोल्पाको कान्जिरोवा केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

यस्तै १२ वैशाखमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.१ म्यग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो । त्यतिमात्रै नभएर ११ वैशाखमा पनि ४.२ म्याग्निच्यूडको भूकम्प रुकुम पूर्वमा गएको थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट