स्रोत नखुलेको १३ लाख ५० हजार रूपैयाँ सहित सिद्धार्थनगरबाट दुई जना पक्राउ

रूपन्देही, १ जेठ । सिद्धार्थनगर नगरपालिका ५ बैङरोडबाट स्रोत नखुलेको नगद १३ लाख ५० हजार रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सम्मरीमाई गाउँपालिका ७ बस्ने ३८ वर्षीय दिनेश वनिया र ३५ वर्षीया पिङ्की वनिया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले लु.६८ प ४७९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक दिनेश र मोटरसाइकलमा सवार पिङ्कीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया