Techie IT
Samayabaddha
शुक्रबार, २ जेठ, २०८२

कैलालीका पूर्वक्याम्पसप्रमुखको रुखले च्यापिएर मृत्यु


कैलाली, २ जेठ । हावाहुरीका कारण ढलेको रुखले च्यापिएर आज कैलालीमा पूर्वक्याम्पसप्रमुखको मृत्यु भएको छ । राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पसप्रमुख कर्ण भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुक्खडका प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिए ।

उनका अनुसार आज बिहान करिब ९ बजेको समयमा आएको हावाहुरीका कारण घरनजिकै रहेको सालको ढलेको रुखले चोट लाग्दा भण्डारी गम्भीर घाइते भएका थिए ।

टाउकोमा गहिरो चोट लागेर गम्भीर भएका भण्डारीलाई उपचारका लागि घोडाघोडी अस्पताल सुक्खड पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको थियो । भण्डारीको उपचारका क्रममा १२ : ४० बजे मृत्यु भएको अवस्थीले जानकारी दिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट