हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको मृत्यु

काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ चारपालाको भित्री सडक खण्डमा हवाहुरीले रुढ ढल्दा च्यापिएर दुई जनाको मृत्यु भएको छ ।
हावाहुरी छल्न सडक छेउको प्रतीक्षालयमा बसेको समयमा बर्रोको रुख प्रतीक्षालयमाथि ढल्दा अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
रुखले च्यापिएर ज्यान गुमाउनेहरूमा सुनवल–७ चारपाला बस्ने ३० वर्षीया मीरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुन रहेका छन् । यस्तै घटनामा चारपालाकै ४० वर्षीया नरमति परियार, ५० वर्षीया दुर्गेश्वरा खाम्चा मगर र २२ वर्षीय अनिल थापा घाइते भएका छन् ।
घाइतेहरूको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।
अहिले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हावाहुरी चलिरहेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया