Techie IT
Samayabaddha
शनिबार, ३ जेठ, २०८२

सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको पहिलो निधन


काठमाडौं । सगरमाथा आरोहण गरेर फर्किने क्रममा एक जना पर्वतारोहीको मृत्यु भएको छ । बिहीबार हिलारी स्टेप ८७९० मिटर भन्दा माथि ती पर्वतारोहीको निधन भएको हो । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे घटना भएको पुष्टि गरे ।

ती पर्वतारोहीले सगरमाथाको शिखर टेकिसकेका थिए । त्यसलगत्तै फर्कने क्रममा उनको निधन भएको हो । यद्यपि घटनाबारे विस्तृत विवरण थाहा नभएको बताए ।

निधन हुने व्यक्तिको नाम र देश समेत खुलिसकेको छैन । सगरमाथा क्षेत्रको उद्धारको काम सम्बन्धित एक्पिडिसन कम्पनीले नै गर्ने भएकोले यसमा आफूहरूले केही गर्नसक्ने अवस्था नरहेको घिमिरे बताउँछन् । यद्यपि मृतकको शव ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी आएको उनले बताए ।

पर्यटन विभागका सूचना अधिकारी लिलाधर अवस्थीले समेत घटना भएको पुष्टि गर्दै विस्तृत विवरण संकलनको क्रममा रहेको बताए ।

सगरमाथामा भएको यो निधन सिजनकै पहिलो हो । सगरमाथाको नेपालपट्टीको ७ हजार भन्दा माथिको भागलाई तुलनात्मक रूपमा सुरक्षित मानिन्छ । आधार शिविरभन्दा माथि ७ हजार मिटर क्षेत्रसम्मको आरोहण बढी जटिल मानिन्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट