Techie IT
Samayabaddha
सोमबार, ५ जेठ, २०८२

ग्रिस पठाइदिन्छु भन्दै आठ लाख रूपैयाँ ठगी गर्ने नरवीर राई पक्राउ


काठमाडौं, ५ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका ७ बस्ने नरवीर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राईले ग्रिस पठाइदिन्छु भन्दै एक जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका १२ बाट आइतबार पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट