Techie IT
Samayabaddha
सोमबार, ५ जेठ, २०८२

कोशी प्रदेश सभाका सदस्यहरु चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटना

विराटनगर, ५ जेठ । कोशी प्रदेश सभाका सदस्यहरु चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ ।

झापाबाट प्रदेश सभा बैठकमा सहभागी हुन आउँदै गरेका सांसदहरु चढेको बिएई १४०६ नम्बरको कारलाई बा ५ प ३५२० नम्बरको कारले ठक्कर दिँदा दुर्घटना भएको हो ।

गाडीमा प्रदेशसभा सदस्यहरु नम्बरलाल धिमाल, राधाकृष्ण, खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ्ग सवार थिए । उनीहरुको अवस्था सामान्य रहेको र बैठकमा सहभागी नभई घर फर्किन लागेको सांसद मैयाँ श्रेष्ठले जानकारी दिए ।

सांसद सवार गाडीलाई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले चलाएको गाडीले ठक्कर दिएको हो । खड्का गाडीमा निदाएका कारण दुर्घटना भएको बताइएको छ ।

क्याटेगोरी : प्रदेश खबर, समाचार

प्रतिक्रिया

ताजा अपडेट