Techie IT
Samayabaddha
मंगलबार, ६ जेठ, २०८२

चिप्लिएर युवक नारायणी नदीमा बेपत्ता


काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ पोखरा बसपार्कस्थित नारायणी नदीमा खुट्टा धुने क्रममा चिप्लिएर एक युवक बेपत्ता भएका छन् ।

मंगलबार पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १४ बस्ने २७ वर्षिय सचिन कार्की बेपत्ता भएका हुन् ।

बेपत्ता भएका उनको खोजिकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन भएको छ ।

उनको खोजिकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहित १६ जना विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सह प्रवक्ता शैलेन्द्र थापाले बताए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट