Techie IT
Samayabaddha
मंगलबार, ६ साउन, २०८२

देशैभरि मनसुनको प्रभाव: यी राजमार्ग अवरुद्ध


काठमाडौं । दुई दिन परेको भारी वर्षको कारण बाढी र पहिरोले देशका विभिन्न स्थानका राजमार्ग अवरुद्ध भएका छन्।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरू प्रभावित भएका छन्।

राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् र ढुवानी सेवा प्रभावित भएको छ।

नेपाल प्रहरीले अद्यावधिक गरेको जानकारी अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरू प्रभावित भएका छन्।

संखुवासभामा अविरल वर्षाका कारण कोशी राजमार्ग पाँचथरमा आएको बाढीले मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् ।

रसुवामा पहिरोका कारण पासाङ ल्हामु सडक खण्डमा यातायात पूर्ण रूपमा ठप्प छ भने रुकुम पश्चिममा बाढीले जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड अवरुद्ध भएको छ।

काठमाडौँको टोखामा अविरल वर्षाले काठमाडौँ–नुवाकोट सडकखण्डमा एकतर्फी मात्र गाडी चलिरहेका छन्। बागलुङ र नवलपुरमा पहिरो र बाढीका कारण कालिगण्डकी करिडोर एकतर्फी सञ्चालनमा आएको छ। रोल्पामा पहिरोले शहीद राजमार्ग पनि एकतर्फी सञ्चालनमा छ।

राजमार्ग अवरुद्ध हुँदा विभिन्न गन्तव्यका लागि हिँडेका यात्रुहरू अलपत्र परेका छन् भने ढुवानी सेवा पनि प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट