Techie IT
Samayabaddha
सोमबार, १९ साउन, २०८२

भारतको पुनौराधाममा जानकी मन्दिरको शिलान्यास हुने !


जनकपुरधाम । भारतको बिहार प्रदेशमा सीता माताको ऐतिहासिक विभिन्न धार्मिक स्थल निर्माणमा केन्द्र सरकारदेखि बिहार प्रदेश सरकारसम्म लागेका छन् ।

उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर निर्माण भएपछि सीताको जीवनपद्धतिसंग जोडिएका विभिन्न धार्मिक स्थलहरु सीतामढीस्थित पुनौराधाम र मधुवनीको फुलहरमा रहेको गिरिज स्थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने तयारीमा भारतको केन्द्र सरकार र प्रदेश सरकार जुटेको छ ।

त्यसलाई मूर्तरुपमा दिन केन्द्रीय गृहमन्त्री अमित साहले आगामी ८ अगस्तमा एकदिवसीय भ्रमण अन्तर्गत सीतामढीस्थित पुनौराधाममा माता जानकीको भव्य मन्दिर निर्माणको शिलान्यास गर्ने कार्यक्रम तय भएको विभिन्न भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

त्यस्तै नेपाल–भारत सीमावर्ती क्षेत्र अवस्थित फुलहर स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने भएको छ । यसको लागि भारतको बिहार प्रदेशका मुख्यमन्त्री नीतिश कुमारले ३१ करोड १३ लाख ५५ हजार भारतीय रुपैयाँको लागतमा पर्यटनीय स्थलको रुपमा विकास गर्ने घोषणा गरेका छन् ।

बिहारको मधुवनीस्थित गिरिजा स्थानस्थित मन्दिरलाई धार्मिक पर्यटकीय रुपमा निर्माण गरिने भएको मुख्यमन्त्री नीतिश कुमारले बताए । गिरिजा स्थानलाई पर्यटन स्थलको दर्जा मिलेको भन्दै यस मन्दिरकोे स्वरुप विकास गर्नका लािग दिशा निर्देश जारी गरिएको छ ।
पुनौराधाममा हुने शिलान्यास समारोहमा बिहारका मुख्यमन्त्री नितिश कुमार मुख्य अतिथिको रूपमा सहभागी हुनेछन् भने अन्य मन्त्री, सांसद, विधायक तथा विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहने जनाइएको छ ।

गत लोकसभा चुनाव प्रचारप्रसारको क्रममा गृहमन्त्री साहले माता सीताको मन्दिर निर्माण र रीगा चीनी मिल पुनः सञ्चालनको घोषणा गरेका थिए । अब हुन लागेको लोकसभा चुनावलाई लक्षित गरी मन्दिरहरु शिलान्यास तथा पर्यटकीय स्थलको रुपमा घोषणा गरिँदैछ ।
पुनौराधामस्थित जानकी मन्दिर निर्माणका लागि करिब ९ सय करोड भारतीय रुपैयाँ छुट्याइएको छ ।

जानकी अर्थात सीताको जन्मथलो रुपमा सीतामढीस्थित पुनौराधाममा नक्कली जानकी मन्दिर निर्माणका लागि दुई सय एक्कड जग्गा अधिग्रहण गरिएको छ ।

तर यसप्रति केपी शर्मा ओली नेतृत्वको सरकारले समेत बेवास्ता गरेको देखिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट