आफ्नै पद धरापमा परेका बागमती प्रदेशका मुख्यमन्त्री लामाले गरे ३ मन्त्री नियुक्त

काठमाडौँ — बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले ३ जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ ।
बागमतीमा कांग्रेसले सम्हालेका ५ मन्त्रीले राजीनमा दिएका थिए । राजीनामासँगै ५ मन्त्रालय मन्त्रीविहीन थिए । साउन ९ गते चार जना र १३ गते १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आफू दलको नेताबाट हटे पनि पदबाट राजीनामा नदिने बताएका छन् ।
संसदीय दलको अविश्वास प्रस्तावको पक्ष विपक्षमा मतदान हुँदा लामाले १५ मत मात्रै पाएका थिए । विपक्षमा २२ मत थियो । बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन । लामा हटेपछि संसदीय दलको नेतामा नेपाली कांग्रेस बाग्मती प्रदेशका अध्यक्ष समेत रहेका इन्द्र बानिया दलको नेता बन्ने तयारीमा छन् । बानियाँ मकावनपुर २ को (२) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
मुख्यमन्त्री तामाङले भने ‘संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने छैन,’ उनले ‘सरकार एउटा पाटो हो, संसदीय दल अर्काे पाटो हो । मुख्यमन्त्री हुनलाई दलको नेता नै चाहिँदैन, त्यसैले पार्टीको संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट हटाउनुपर्ने कुनै कारण छैन ।’
यसबाट बागमती प्रदेशमा कांग्रेसभित्रैबाट सरकारमा संकट निम्तिएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया