राजापुर क्षेत्रमा मलको चरम अभाव
बर्दिया । बर्दियाको राजापुर क्षेत्रमा रासायनिक मलको चरम अभाव पाइएको छ । धान रोपाइँको मुख्य सिजनमा मल नपाउँदा किसानहरू अत्यन्त चिन्तित र निराश भएका छन् । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरूले मल नपाएपछि तनाव र चिन्तित बनेका हुन् ।
राजापुर नगरपालिकाका स्थानीय कृषक अजय चौधरीका अनुसार, “धान खेतमा जमिसकेको छ तर मल नपाउँदा बाली सुक्न थालिसक्यो । कृषि कार्यालय र सहकारीमा धाउँदा पनि मल छैन भन्ने जवाफ मात्र पाइन्छ ।”
राजापुर नगरपालिका भित्र रहेका कृषि सहकारीहरूमा युरिया, डीएपी, र पोटास मलको अत्यन्तै अभाव रहेको देखिन्छ । कतिपय किसानहरू कालोबजारीका बिच महँगो मूल्यमा निजी स्रोतबाट मल खरिद गर्न बाध्य छन् । राजापुर नगरपालिकाका कृषि शाखाका अनुसार मल आपूर्ति केन्द्रबाट माग गरिए पनि ढुवानीमा ढिलाइ भइरहेको छ ।
रामकुमारी थारु “मलको माग अनुसार आपूर्ति हुन नसक्दा समस्या देखिएको बताइन । मल अभावकै कारण यस वर्षको धान उत्पादनमा प्रतिकूल असर पर्ने किसानहरूको चिन्ता छ । समयमा मल उपलब्ध नभए उत्पादन घट्ने र वर्षभरिको खाद्य सुरक्षामै असर पर्ने स्थानीय कृषि कृषक रामकुमारीले बताइन ।
कृषकहरू सरकारले तत्काल आपूर्ति प्रणालीलाई चुस्त बनाइ मलको सहज आपूर्ति सुनिश्चित गर्न आग्रह गरिरहेका छन् । मलको चरम अभाव समाधान गर्न प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराए पनि कुनै चासो देखिएको छैन ।
बाँकेको कोहलपुर–११, साझा चोकस्थित सहकारी संस्था लिमिटेड (साझा)ले साउन १६ गते एक सूचना जारी गर्दै साउन १८ गते प्रतिव्यक्ति २० केजीका दरले रासायनिक मल वितरण गर्ने भनी सहकारीमा आबद्ध कृषक शेयर सदस्यहरूका लागि परिचयपत्र र लालपुर्जाको फोटोकपी लिएर आउन सूचित गराएपनि लामो समय लाइन बसेर अन्ततः किसानहरु रित्तो हात घर फर्किन प¥यो ।
सहकारीका वरिष्ठ सहकारी व्यवस्थापक जुल्फेकार अलीको हस्ताक्षरमा जारी सूचनामा आइतबार प्रतिकिसान २० केजीका दरले मल वितरण गर्ने भनी कुपनसमेत वितरण गरिएको थियो । तर लाइन बसेका कतिले कुपन समेत प्राप्त गर्न नसकेको दुःखेसो सुनाए
सहकारीका अध्यक्ष पारसनाथ थारूले सहकारीको सदस्य संख्या बढी भएको तर मलको कोटा कम आउने गरेका कारण समस्या उत्पन्न भएको बताए । “हामीलाई आवश्यक मल सरकारले दिँदैन्, मागअनुसारको मल पु¥याउन सकिदैन्, हामी त केवल मध्यस्थकर्ता मात्र हौँ, सरकारले तत्काल यो समस्या समाधान गर्न पहल गरोस्” उनले भने ।
अन्नको भण्डार भनेर चिनिने बर्दिया र त्यसमा सबै भन्दा धान बढी उत्पादन हुने राजापुर क्षेत्रमा मल अभावले धान उत्पादनमा कमी भएपछि समस्या पर्न सक्ने देखिन्छ ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया