Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

नेपालमा घुम्न आउने पर्यटकमा सबैभन्दा बढी दक्षिण एशियाबाट


काठमाडौँ । पछिल्लो सयम पर्यटकहरूको आवागमनमा उल्लेख्य वृद्धि भएसँगै आगामी २०३० सम्ममा नेपाल घुम्न आउने पर्यटकको संख्या १६ लाखको हाराहारीमा पुग्ने सरकारी अधिकारीहरू प्रक्षेपण गरेका छन् ।

उनीहरूकाअनुसार हवाई पूर्वाधारदेखि नेपाल एयरलाइन्ससम्मले गन्तव्य बढाउनसके पर्यटकको संख्यामा भारी रुपमा वृद्धि हुनेछ । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रवन्धक सूर्य थपलियाकाअनुसार अहिले पर्यटक आवागमनको क्रमलाई हेर्दा सन् २०२५ को जुलाइमा मात्रै ७० हजार भन्दा बढी पर्यटक आवाागमन भएको छ ।

उनले सन् २०२४ को जुलाइको आँकडा हेर्दा बढेको बताए । यसरी पर्यटक वृद्धि २०२५ मा करिव १२ लाख पर्यटक आगागनको हाराहारीमा पुगिनेछ । त्यसो त, नेपाल एयरलाइन्स बाहेक अन्य हवाई उडान सेवा प्रदायकको उडानका कारण पर्यटकको संख्या पनि बढ्ने हुन्छ । तर नेपाल एयरलाइन्सको गन्तव्यमा बढाउनैपर्छ ।

नेपाल भित्रिएका पर्यटक मध्ये दक्षिण एसियाली मुलुकहरुबाट मात्रै ३३ हजार सात सय ८७ जना रहेका छन् , जुन ४८ प्रतिशत हिस्सा हो । यस्तै, अन्य एसियाली मुलुकहरुबाट १३ हजार ५२ जना नेपालमा भित्रिएका छन् भने युरोपबाट नौ हजार दुई सय ९२ जना, अमेरिकाबाट १२ हजार सात सय ७५ जना, ओसिनिया क्षेत्रबाट एक हजार आठ सय सात जना, मध्यपूर्वबाट आठ सय २६ जना, अफ्रिकाबाट तीन सय १८ जना र अन्य क्षेत्रबाट तीन हजार तीन सय २९ जना पर्यटक नेपाल आएका छन् ।

जुलाईमा कुल आगमनमध्ये एशियाली मुलुकहरुमा पनि सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना, तेस्रोमा अमेरिकाबाट ६ हजार ६ सय २६ जना, बंगलादेशबाट ४ हजार ४ सय १३ जना र बेलायतबाट ३ हजार ५ सय ४७ जना पर्यटक नेपाल आएका छन् ।

भारत, चीन, श्रीलंकादेखि अमेरिकनहरू नेपाल घुम्न आउनेक्रम ह्वात्तै बढेको छ । यसले पर्यटन क्षेत्रलाई राम्रो फाइदा पु¥याएको छ भने अर्बौं लगानीमा खुलेका होटलहरू समेत चलायमान हुन पाएका छन् । पर्यटक आउनेक्रम बढ्दा मुुलुकलाई भित्रने विदेशी मुद्रामा समेत वृद्धि हुने गरेको छ ।

पर्यटक आवागमनमा वृद्धि कोभिड महामारीपछिको वर्षहरुपछि यो राम्रो अवस्था हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो संख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको बताए ।

महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभर गरेको छ । यसले कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्र पुनः लयमा आएको संकेत गरेको छ । सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल छ लाख ४७ हजार आठ सय ८२ जना अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट