बागमती प्रदेशमा बानियाँ नेतृत्वको सरकारमा एमालेबाट को को बन्दैछन् मन्त्री ?

हेटौंडा । नेकपा एमालेले बागमती सरकारमा पठाउनको लागि मन्त्रीहरुको नाम टुंगो लगाएको छ । बागमती प्रदेशमा आज नेपाली कांग्रेसका ईन्द्र बहादुर बानियाँको नेतृत्वमा नयाँ सरकार बन्दैछ ।
बानियाँ आफ्नै पार्टीका मुख्यमन्त्री बहादुर सिंह लामालाई ढालेर आज मुख्यमन्त्री नियुक्त हुँदैछन् ।
बागमतीमा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार छ ।
१४ मन्त्रालय रहेको बागमती प्रदेशमा एमालेले आफ्नो भागमा परेका ६ मन्त्रालय सम्हाल्न मन्त्रीहरुको नाम लिस्ट तयार गरिसकेको उक्त दल स्रोतले बताएको छ ।
ती मन्त्रालय पठाउन एमालेले दिनेश चन्द्र देवकोटा, मधुसूदन पौडेल, विन्दु श्रेष्ठ, जयराम थापा, किरण थापा मगर र भरत केसीलाई तयारी गरेको हो ।
उनीहरूलाई आजै मुख्यमन्त्रीसँगै सपथ खुवाउने तयारी एमालेले गरेको छ
एमालेले श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयराम थापा, वन तथा वातावरण मन्त्रीमा दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौंका डा।दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा काठमाडौंकै विन्दु श्रेष्ठको नाम टुंग्याएको हो।
यि मध्ये दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापामगर छन्। उनी सोही मन्त्रालयको जिम्मेवारीमा दोहोरिने भएका हुन्।
क्याटेगोरी : समाचार
प्रतिक्रिया