Techie IT
Samayabaddha
शनिबार, २८ भदौ, २०८२

बानेश्वरमा भएको प्रदर्शनमा एक जनाको मृत्यु


काठमाडौँ । बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको अस्पताल स्रोतले बतायो । प्रहरीले पानीका फोहरा, अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ । दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । अहिले बानेश्वरको सिभिल हस्पिटलमा ७० भन्दा बढी घाइतेको उपचार भइरहेको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले उपचारका क्रममा एक जनाको अस्पतालमा मृत्यु भएको पुष्टि गरे । उनले अस्पतालमा दर्जनौं घाइतेको उपचार भइरहेको बताए । बानेश्वरको निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवन छिरेपछि अवस्था थप तनावग्रस्त भएको थियो ।

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ुजेन–जीुहरु प्रदर्शनमा उत्रिएका हुन् । आज काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट