Techie IT
Samayabaddha
बुधबार, २० फागुन, २०८२

मेयर बालेनको आग्रहः संयमित हुनुहोला


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संयमित हुन आग्रह गरेका छन्।

मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि बालेनले संयमित हुन अनुरोध गरेका हुन्।

‘हामीले स्पष्ट रूपमा भनेका थियौं। यो नितान्त जेनजीको आन्दोलन हो। प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला,’ उनले भने, ‘देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो। तपाईं–हामी अब संयमित हुनु जरुरी छ। अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ। तयार रहनुहोला।’

साथै उनले सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुन भनेका छन्। तर संसद विघटना भएको हुनुपर्ने भनेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट