Techie IT
Samayabaddha
शनिबार, २८ भदौ, २०८२

राज्यका तीन वटै अंग आन्दोलनकारीको नियन्त्रणमा


काठमाडौं । जेन जी आन्दोलनले राज्यका प्रमुख तीनवटै अंग नियन्त्रणमा लिएका छन् । सोमबारबाट सुरु भएको जेन जी प्रदर्शनकारीले दोस्रो दिन मंगलबार राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि नियन्त्रण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले समयमा राजीनामा नदिदा राज्यको सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ ।
प्रदर्शनकारीले ती तीनवटै निकायका मुख्य भवनहरूमा आगजनी र तोडफोड गरेका छन् । सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि मंगलबार अपिल गरिसकेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट