Techie IT
Samayabaddha
बिहीबार, २ असोज, २०८२

तोकिएकै समयमा निर्वाचन सम्पन्न गरि नयाँ सरकारलाई जिम्मेवारी सुम्पिन्छु : प्रधानमन्त्री सुशीला कार्की


काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरि नयाँ संसद् र सरकारलाई जिम्मेवारी सुम्पने बताएकी छिन् ।

आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेपछि सरकारका उच्च पदस्थ कर्मचारीसंगको परिचयात्मक कार्यक्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनले सुम्पेको जिम्मेवारी अनुसार नै आफूले पद सम्हालेको उल्लेख गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गरि नयाँ संसद् र सरकारलाई जिम्मेवारी सुम्पने áताएकी हुन् । उनले सत्ताको रसास्वादन गर्न नभइ सडकबाट जताततै आवाज उठेका कारण प्रधानमन्त्री पदमा आउनुपरेको स्पष्ट पारिन् ।

यस्तै प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित षडयन्त्र हुन सक्ने भन्दै छानविनका साथै कारवाही हुने धारणा राखिन्। मुलुकका महत्वपूर्ण संरचनाका साथै व्यापारिक भवनमाथि भएको आगजनी लज्जास्पद भएको उनले बताएकी हुन्। प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै सरकारका तर्फबाट उचित राहत तथा अन्य सहयोग हुने जिकिर गरिन् । आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरूको पुनर्निर्माण आफ्नै तर्फबाट गर्न उनले सचिवहरुको ध्यानाकर्षण गराएकी छन्।

स्वागत कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले आन्दोलनका क्रममा ५९ जना सर्वसाधारण, १० जना कैदीबन्दी अनि ३ जना प्रहरी गरी ७२ जनाको मृत्यु भएका जानकारी दिएका हुन् । त्यस्तै त्यस्तै १३४ सर्वसाधारण र ५७ सुरक्षाकर्मीसहित १९१ जना घाइते भएको अर्यालले बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट