Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

जेनजी आन्दोलनपछि माओवादी केन्द्रको पदाधिकारी बैठक ! होला त केही नयाँ निर्णय ?


काठमाडौं । जेनजी पुस्ताका युवाहरुको आन्दोलनपछि नेकपा माओवादी केन्द्रको पहिलो पदाधिकारी बैठक पेरिसडाँडामा सुरु भएको छ । आन्दोलनकारीले आगो लगाएर खण्डहर बनाएको केन्द्रीय कार्यालयमा सरसफाइपछि माओवादी केन्दले पदाधिकारी बैठक राखेको हो । बैठकमा जेनजी आन्दोलनपछिको परिस्थिति र पार्टीभित्रको विवादबारे छलफल हुने आंकलन गरिएको छ।

बैठकमा जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत पार्टीका युवा पुस्ताबाट अब नेतृत्व पुस्तानतरण हुनुपर्ने बहस भइरहेको बेला यो वैठकलाई निकै महत्वका साथ हेरिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट