इलाममा सडक र जलविद्युत् आयोजनामा क्षति
	
				
			विराटनगर । मेची राजमार्गमा सानाठूला गरी ३० स्थानमा पहिरो झरेको सडक विभागले जनाएको छ । जसको कारण पूर्वका तराई र पहाडी भूभागको सम्बन्धमा अवरोध पु¥याएको छ ।
बाढीले मेची कोरिडोरको माईखोलामा एउटा पुल र पुवाखोलामा एउटा बेलिब्रिज बगाइदिएको छ । माइखोलामा डाइभर्शन नबन्दासम्म आवागमन कठिन हुने विभागले जनाएको छ ।
शुक्रवारदेखि भएको अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोमा परी इलाममा मात्रै ३७ जनाको ज्यान गएको थियो ।
देशैभरि बाढीबाट ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत आयोजना बाढीबाट प्रभावित भएका छन् ।
विगतका वर्षहरुमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचनाप्रति पनि विश्वस्त नहुँदा ठूलो मानवीय क्षतिसमेत हुँदै आएकोमा यस वर्ष इप्पान र जल तथा मौसम विज्ञान विभागबिच बाढीको पूर्वसूचना आदान प्रदान गर्ने सम्झौता भई सोही अनुसार पूर्वसूचना प्रेसित गरी मानवीय क्षति रोक्न सफल भएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।
समयमै आवश्यक पूर्वतयारी गर्दा यसपटक भारी वर्षाको तुलनामा जलविद्युत आयोजनाहरुमा निकै कम मात्र भौतिक क्षति भएको पनि अध्यक्ष कार्कीले बताए ।
इलामा जिल्लामा सञ्चालनमा रहेका १७ आयोजना मध्ये १५ वटा आयोजनामा प्रभावित भएको इप्पानले जनाएको छ ।
बाँकी दुई आयोजना मध्ये कोशी प्रदेशकै पाँचथर जिल्लामा रहेको १४.९ मेगावाटको हेवाखोला र बागमति प्रदेशमा रहेको ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजना प्रभावित भएका छन् । हाल लिखु बाहेक सबै आयोजनाको उत्पादन बन्द रहेको छ । लिखु ४ को भने १ घण्टाभन्दा केही बढी समय मात्र उत्पादन बन्द भएको थियो ।
निर्माणाधीन अवस्थामा रहेका आयोजना मध्ये सिद्धि हाइड्रोपावरद्वारा प्रवद्र्धित इलाममा रहेको १० मेगावाटको सिद्धिखोला जलविद्युत आयोजना १० दिनभित्र व्यवसायिक उत्पादनमा जाने तयारीमा रहेकोमा बाढीले क्षति पु¥याउँदा यसको विद्युत उत्पादन अनिश्चित बनेको छ ।
क्याटेगोरी : समाचार


				
				
				
				
				
				
















प्रतिक्रिया