Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

पूर्वसभामुख महराविरुद्ध आजदेखि थुनछेक बहस सुरु


काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आजदेखि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु हुँदैछ ।

सरकारी वकिल कार्यालयले सोमबार अदालतमा दर्ता गरेको अभियोगपत्रमा महराविरुद्ध ८ करोड ५५ लाख रुपैयाँ बिगो असुल र ३ वर्ष कैद सजायको माग गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले आइतबार उनलाई ललितपुरको खुमलटारस्थित निवासबाट सुन प्रकरणमा दोस्रो पटक पक्राउ गरेको थियो । २०७९ पुस १० मा ली हासोङ्गले ल्याएको भेपमार्फत सुन तस्करीको पूरक अभियोगमा अहिले महरालाई मात्र प्रतिवादी बनाइएको छ ।

यसअघि गठित सुन तस्करी नियन्त्रण तथा जाँचबुझ आयोगले उनलाई प्रत्यक्ष संलग्न ठहर गर्दै मुद्दा पुनः चलाउन सिफारिस गरेको थियो ।

पछिल्लो राजनीतिक यात्रामा महरा पटक–पटक विवादमा तानिएका छन् ।

आजको थुनछेक बहसपछि अदालतले महरालाई थुनामा पठाउने वा साधारण तारेखमा रिहा गर्ने भन्ने निर्णयको दिशा तय गर्नेछ ।

सुन प्रकरणमा नाम जोडिँदै जाँदा कांग्रेसदेखि माओवादी केन्द्रका अन्य नेताहरू पनि सतर्क भएको स्रोतको दाबि छ । सीआईबीले महरासँगै केही अन्य उच्च पदस्थ व्यक्ति र व्यापारीका सम्पर्क विवरण र वित्तीय कारोबार पनि अनुसन्धान दायरामा ल्याएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट