Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

देउवा दम्पती पहिलो पटक सार्वजनिक, भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न माग


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आराजु राणा आज जेन जी आन्दोलनको ३७ दिनपछि पहिलो पटक सार्वजनिक आज भएका छन् । कांग्रेस सभापति देउवाले पहिलो पटक आज नेपाली कांग्रेसको केन्द्रीय समितिको वैठकमा सम्बोधन गर्दै जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न माग गरेका छन्।

जेनजी आन्दोलनकारीको आक्रमणबाट देउवा दम्पत्ती घाइते भएका थिए ।

पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेका घटनाको छानबिनको माग गरेका हुन्। बैठकमा देउवाले लिखित सम्बोधन गर्दै दुवै दिन भएका घटनाको छानबिनको माग गरेका छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट