Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

लोसपाको जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन सहमती, आज दाबी पेस गर्ने


काठमाडौँ । मधेश प्रदेश सरकारको नेतृत्वका लागि दलहरुलाई आह्वान गरेपछि मधेश प्रदेशमा दलहरुबीच गठबन्धन हुने क्रम जारी रहेको छ ।

सो क्रममा हिजो मध्यरातसम्म बसेको विभिन्न दलहरुको बैठकले लोसपाको जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन सहमती गरेको छ । लोसपाको नेतृत्वमा सरकार बनाउनकालागि जनमतले पनि साथ दिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका महन्त ठाकुरको उपस्थितीमा हिजो राती गठबन्धनबीच सहमती भएको हो ।

नयाँ गठबन्धनमा लोसपा, जसपा नेपाल, नेकपा माओबादी, नेकपा एस र जनमत पार्टी सहभागी रहेको जनाइएको छ । यो पाँच दलीय गठबन्धनमा ५६ जना सांसद रहेका छन् ।

उनीहरुले आजै सरकारको नेतृत्वका लागि दाबी पेश गर्ने तयारी गरेका छन् । प्रदेश प्रमुख कार्यालयले आज ४ बजेसम्म दाबी पेस गर्नका लागि समय तोकेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट