Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

सभामुख घिमिरे र दलबीच प्रतिनिधि सभा पुनर्स्थापनाबारे छलफल


काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापनाको विषयमा सभामुख देवराज घिमिरेले बुधबार विघटित संसदका प्रप्रखुम सचेतक तथा सचेतकहरुसँग परामर्श सुरु गरेका छन् । वैठक संसद् भवनस्थित सभामुखको कार्यकक्षमा समपन्न भएको छ ।

सभामुख घिमिरेले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, जसपा, लोसपा, नाउपा, जनमतलगायत दलका प्रमुख सचेतकहरूलाई छलफलमा सहभागी हुन बोलाएका थिए तर चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा_ भने बैठकमा सहभागी भएको छैन ।

प्रतिनिधि सभा विघटनविरुद्ध कानुनी बाटोमा जानेबारे सभामुखले दलहरूका सुझाव लिइरहेका छन् । उनले आफैं रिट निवेदन लिएर सर्वोच्च अदालतमा जाने कि नजाने भन्ने विषयमा पनि परामर्श थालेका हुन् ।

गत भदौ २७ गते अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गतेका लागि नयाँ निर्वाचन तोकेका थिए ।

तर, दलहरूले उक्त कदम असंवैधानिक भएको दाबी गर्दै पुनर्स्थापनाको माग गर्दै आएका छन्। यही विषयमा कानुनी प्रक्रिया अघि बढाउने तयारी स्वरूप सभामुखले दलहरूसँगको बैठक आयोजना गरेका हुन्।

यसअघि भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो। त्यसको केही दिनमै प्रतिनिधि सभा विघटन गरिएको थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट