Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

एमालेका नीतिहरू राम्रा भएर अरु भन्दा बढी निसानामा परेको ओलीको दाबि


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका नीतिहरू राम्रा भएर नै निसानामा परेको दाबी गरेका छन्।

जेनजी आन्दोलनको बेला बालुवाटारबाट हेलिकोप्टरमा सेनाको ब्यारेकमा सुरक्षा लिन पुगेका ओलीले कहीं कतै पनि आत्मालोचनाको कोणबाट बैठकमा नबोलेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । ती सदस्यका अनुसार ‘ओली अंहकार अझै टसमस भएको छैन’ ।

बुधबार ललितपुमा सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै आफूहरुले राम्रा काम गरेको ओलीले दाबि गरे । ‘अरुभन्दा हामी धेरै निशानामा परेका छौं, हाम्रा नीति राम्रा भएरै हामीमाथि धेरै प्रहार भइरहेको छ’ओलीले भने ।

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा लुटपाट र आगजनी गर्नेहरुले देश नबाउने बताए । जेनजी आन्दोलनपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले फेन्टा र कोकाकोला चोरेर हिँड्नेले देश बनाउँछन् भन्दै प्रश्न समेत गरे।

‘अब त देखिसक्नु भयो त, कोही सिंहदरबार जलाउने कुरामा अग्रसर भइरहेका छन्,’ ओलीले भने, ‘कोही अरुका घर जलाउने कुरामा अग्रसर भइरहेका छन्।’ उनको प्रश्न छ, ‘यी आगजनीवाला, हाटहुट, लाटलुटवाला, लुटपाटवाला, तोडफोडवाला यीनले देश बनाउँछन्। फेन्टा र कोकाकोला चोरेर हिँड्नेहरुले देश बनाउनुहुन्र ।’

भक्तपुरको गुण्डुबाट युवासंघको स्टटिङमा जावलाखेल पुगेका एमाले अध्यक्ष ओलीले कसैले अब सधैंका लागि एमाले सरकारबाट हट्यो भन्ने ठानेको छ भने त्यो भ्रम रहेको भन्दै यो भ्रम नपाल्न चेतावनी दिए ।

एमाले देशको राजनीति, आर्थिक विकासको नायक पार्टी भएको पनि उनको दाबि थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट