Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

कृषि कर्जामा व्याजदर घटाउने निर्णय, नयाँ कृषक र व्यवसायीलाई थप प्रोत्साहन


काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले कृषि पेशा वा व्यवसायमा संलग्न ग्राहकलाई लक्षित गर्दै कृषि कर्जाको व्याजदर प्रिमियम ०.५ प्रतिशत घटाउने निर्णय गरेको छ । यो निर्णय बैंकले यही कार्तिक १ गतेदेखि लागू गर्ने भएको छ ।

बैंकका श्रोतका अनुसार, कृषि कर्जामा घटाइएको यो व्याजदर प्रिमियम बैंकले प्रदान गर्ने अन्य कर्जाभन्दा ०.५ प्रतिशत कम हुने छ । यसबाट कृषि पेशामा संलग्न हुन चाहने नयाँ कृषक र व्यवसायीहरूलाई आर्थिक रूपमा थप सहज हुने अपेक्षा गरिएको छ ।

कृषि विकास बैंक लि.ले प्रदान गर्ने कृषि कर्जाको ब्याजदरमा अब बैंकको बेसरेटमा थप १ प्रतिशत मात्र प्रिमियम थप गरी ब्याजदर कायम हुने बैकले जनाएको छ ।

कृषि विकास बैंकले यो योजनामार्फत कृषि क्षेत्रमा नयाँ व्यावसायिक कृषकहरूलाई थप प्रोत्साहन प्रदान गर्ने योजना बनाएको छ । बैंकले विगत ५८ वर्षदेखि कृषि कर्जामा लगानी गर्दै आएको र यस क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएको छ । हालसम्म बैंकले ८०,००० भन्दा बढी कृषक र कृषि व्यवसायीलाई कर्जा प्रदान गरिसकेको छ ।

बैंकका अधिकारीहरूले बताए अनुसार, यस योजनाबाट कृषि क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना हुने तथा कृषकहरूको व्यावसायिक क्षमता वृद्धि हुने अपेक्षा राखिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट