Techie IT
Samayabaddha
सोमबार, २३ चैत्र, २०८२

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाकै ३ लाख ९ हजार


काठमाडौं । सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। पछिल्ला तीन दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउदै बढ्ने क्रममा रहेको हो । यस दिन सुन प्रतितोला ५ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २८५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ३ हजार ८०० सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँमा कायम महासंघले जनाएको छ ।

त्यस्तै,आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २ सय ८५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७ सय ६५ रुपैयामा कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।यस दिन चाँदीको मूल्यले पनि आईतबार बनाएको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट